Wednesday, November 30, 2011
एक पक्ष जग्गा फिर्तामा अर्को कब्जामा !
एक पक्ष जग्गा फिर्तामा अर्को कब्जामा !
BY ADMIN, ON NOVEMBER 29TH, 2011
एक पक्ष जग्गा फिर्तामा अर्को कब्जामा ! माओवादीमा देखियो अझै पनि दादागिरी !! फिर्ता गरिएको जग्गा फेरी उपाध्यक्ष बैद्य पक्षबाट कब्जा : बर्दियाको राजापुरमा माओवादीको संस्थापन पक्षले फिर्ता गरेको घोषणा गरेको जग्गा उपाध्यक्ष मोहन बैद्य पक्षले फेरि कब्जामा लिएको छ । हिजो माओवादीका बर्दिया इन्चार्ज हिमालले नेपाली काँग्रेसका पूर्व साँसद विनय ध्वज चन्द र उनका भाई विनोद ध्वज चन्दसहितको ४५ विगाहा जग्गा फिर्ता गरेको घोषणा गरेपनि बैद्य पक्षले फेरी कब्जा गरेको भन्दै फिर्ता गरिएको भनिएको जग्गामा ४३ वटा झण्डा गाडेको छ । प्रहरीले केहि झण्डा झिके पनि वैद्य पक्षधर थारुवान राज्य समिती सदस्य द्रव्य शाहले जग्गा फिर्ताको कुरा मान्य नहुने वताएका छन् । उनले फिर्ता गरिएको भनिएको जग्गा फेरी कव्जा गरि किसानलाई फिर्ता दिईने चेतावनी दिएका हुन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment